Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालको एजेन्ट भएकाे महासचिव बास्तोलाकाे आराेप


468
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बास्कोटाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताको जेन–जी आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गरेको आरोप पनि लगाउनुभयो । उहाँले गत फागुन २१ गतेको चुनावबाट आउने सरकार जुनसुकै दलको भएपनि साम्राज्यवादकै दलाल हुने भएकाले नेकपा बहुमतसहित चार दलले निर्वाचन बहिष्कार गरेको टिप्पणी गर्नुभएकाे छ।

उहाँले राष्ट्रियताको रक्षाका लागि चुनाव खारेज गरी पुनः निर्वाचन गरिनुपर्ने आफ्नो पार्टीको अडान रहेको भएपनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादकै गोटीको रूपमा चित्रण गर्नुभएकाे छ । महासचिव बास्तोलाले राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्न वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक रहेको पनि बताउनुभयो ।