Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सुकुम्बासी बस्तीका प्रतिनिधिहरू रास्वपाकाे पार्टी कार्यालयमा पुगे


260
Shares

काठमाडाैं । काठमाडौंको विभिन्न क्षेत्रका सुकुम्बासी बस्तीका प्रतिनिधिहरु बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रLय कार्यालय वनस्थली पुगेका छन् ।

बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरु त्रसित हुन् । सुकुम्बासीहरुले रास्वपाका नेताहरुसँग भेट गरी आफूहरुको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन्।

रास्वपाका नेताहरुले पार्टीले सुकुम्बासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसकाे बारेमा आवाज उठाउने आश्वासन दिएका छन् । सरकारले नदी किनारका सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दै आएको हाे ।

जसका कारण सुकुम्बासीहरु विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढक्याइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा रहेकाे छ ।