Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते


130
Shares

काठमाडौं । स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदै गरेकाे भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना भएको हो।

दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो। घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।