एजेन्सी । दक्षिण भारतमा एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।
केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको साेही कारखानामा विस्फोट हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे । विस्फोटमा करिब दुई दर्जन मानिस घाइते भएका छन् । जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।
घटना हुँदा कारखानामा करिब ४० जना कामदार कार्यरत थिए । पटाकाहरू स्थानीय चाड थ्रिसुर पुरमका लागि बनाइँदै थियो । यो घटना तामिलनाडुको विरुधुनगरमा दुई दिन अघि मात्रै भएको पटाका कारखानामा यस्तै विस्फोटमा २५ जनाको मृत्यु भएलगत्तै घटेको हो ।









प्रतिक्रिया दिनुहोस्