Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रास्वपामा बलियो बन्दै बालेन (भिडियाे रिपोर्ट)


3k
Shares

काठमाडाैं ।
प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि बलियो बन्न थालेका छन् ।

पार्टीभित्र बालेन पक्षलाई महत्वपूर्ण जिम्मेवारी दिन थालिएको छ । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका शाहले सरकारमा मात्र होइन, पार्टीभित्रै बलियो उपस्थिति जनाइरहेका छन् । एक रिपोर्ट ।

काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्दा बालेन शाहको बलियो समूह थिएन । त्यतिबेला बालेन र रास्वपाबीच भएको ७ बुँदे सहमति अनुुसार नै उनी पार्टीमा प्रवेश गरेका थिए । सो सहमति अनुसार बालेन यतिबेला पार्टीको संसदीय दलको नेतासहित प्रधानमन्त्री बनिसकेका छन् ।

त्यतिबेला, पार्टीभित्र सभापति रवि लामिछाने समूहकै बाहुल्यता थियो । बालेन आफू मात्र रास्वपामा प्रवेश गरेनन्, आफू निकटको समूह नै रास्वपामा समाहित भयो । जसको परिणाम निर्वाचनले देखाइसकेको छ । बालेन रास्वपामा समाहित नभएको भए यो खालको निर्वाचन परिणाम नआउने विश्लेषण पनि भइरहेको छ । रास्वपाले पाएको झण्डै दुईतिहाई बहुमत अनुसार बालेन शाहले सरकार हाँकिरहेका छन् ।

शक्तिशाली सरकार हाँकिरहेका बालेन पछिल्लो समय पार्टीभित्र समेत बलियो बन्दै गइरहेका छन् । पार्टीभित्र बालेन शाहको समूहलाई महत्वपूर्ण जिम्मेवारी दिन थालिएको छ । पार्टीले बालेन शाह निकटका भूपदेव शाहलाई महामन्त्रीको जिम्मेवारी दिएको छ । गत निर्वाचनमा पराजय बेहोरेका उनलाई पार्टीको शक्तिशाली पद दिएपछि शाह थप बलियो देखिएको विश्लेषण भईरहेको छ ।