Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू


260
Shares

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरु हुँदैछ ।

मंगलबार रातिललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर गाःबहालमा पुर्‍याइन्छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म पुर्‍याउने परम्परा रहेकाे हाे । रथलाई विभिन्न ठाउँमा पुर्‍याएपछि पूजा गर्नुका साथै स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन छ ।

साइत अनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा र चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्‍याइन्छ । त्यहाँ नरिवल खसाल्ने जात्रा सकिएपछि साइत निकालेर फेरि जावलाखेल लगिन्छ र जावलाखेलमा भोटो जात्रा देखाएर त्यही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिन्छ ।