Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


विद्युत महशुल नतिर्ने २ सय ७७ जना ग्राहक कालोसूचीमा

१ करोड ४ लाख १७ हजार रूपैयाँ बढी वक्यौता उठान बाँकी

247
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २ सय ७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

केन्द्रले लामो समयसम्म विद्युत महशुल नतिर्ने ती ग्राहकलाई कालोसूचीमा राखेको जनाएकाे हाे । उनीहरुबाट एक करोड चार लाख १७ हजार ३ सय ८१ रुपैयाँ वक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिनुभयाे ।उहाँले लामो समयसम्म वक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको समेत बताउनुभएकाे छ ।

केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८ सय २६ जना ग्राहकको विद्युत् लाइन काटेको हाे । ६ महिनासम्म पनि विद्युत् महशुल नतिरेका ग्राहकको लाइन काटिएको जनाएकाे छ। केन्द्रमा हाल ७४ हजार ८ सय ७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट ४९ करोड ४ लाख १० हजार ४ सय ३७ रुपैयाँ वक्यौता उठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयाे ।

केन्द्रले वक्यौता अशुलीका लागि कार्यालयले लाइन काट्ने र सेवाग्राहीलाई सूचित गर्ने लगायतका काम गरिरहेको जनाएकाे छ। उनले बताए । वक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेकाे समेत सूचना अधिकारी विष्टले बताउनुभयाे ।