Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


उदयपुरमा एक घरमा भीषण आगलागी, जलेर २ जनाको ज्यान गयो


520
Shares

काठमाडाैं । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा एक घरमा आगलागी हुँदा जलेर दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र लक्ष्मीनारायणका नाति ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हाे । साेमबार राति लक्ष्मीनारायणको घरबाट आगलागी भएकाे थियो । आगोले लक्ष्मीनारायणसहित रबिनकुमार दास र सकलदेवको घर पनि जलेको छ । अन्य केही पसल पनि जलेका हुन् । थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको हाे ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासले मंगलबार बिहान आगो निभाइएको छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेकाे हाे ।