Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सकाे शानदार जित

गुजरात टाइटन्स भने ९९ रनकाे फराकिलाे अन्तरले पराजित

429
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेकाे छ।

गुजरातको घरेलु मैदान अहमदावादमा साेमबार राति भएको खेलमा तिलक बर्माको शतक मुम्बईको जितको लागि महत्त्वपूर्ण बनेकाे हाे । उनले ४५ बलमा अविजित १ सय १ रन बनाए । मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको गुजरातले १५ ओभर ५ बलमा १ सय रनमात्र बनाउँदै अलआउट भयो । बलरले उत्कृष्ट पाली खेलेपछि मुम्बईले चार खेलेको हार शृङ्खला पनि अन्त्य गरेको छ । मुम्बईका अश्वनी कुमारले सर्वाधिक ४ विकेट लिएका छन् । याे जितसँगै मुम्बई तालिकाको सातौं स्थानमा छ भने गुजरात छैठाैं स्थानमा छ ।

आईपीएल क्रिकेटमा हैदरावादमा मंगलबार राति पौने ८ बजेदेखि सनराईजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे।