Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नेपाल र यूएईबीच टी-२० क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदै

कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल हुने

1.1k
Shares

काठमाडाैं । नेपाल र यूएईबीच साेमबार टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई दिने श्रृंखला अर्न्तगत पहिलो दिन साेमबार साँझ पाँच बजेदेखि खेल हुने भएको हो । त्रिवि क्रिकेट रंगशालामा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको छ ।

यसै खेलबाट लागू हुनेगरि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको कप्तान फेरेको छ। नियमित कप्तान रोहित पौडेललाई एक दिवसीय टोलीको कप्तानको जिम्मेवारी दिँदै दिपेन्द्रसिंह ऐरीलाई टी-२० को नेतृत्व दिइएको छ ।

टी-२० अन्तर्राष्ट्रियमा ऐरीको यो पहिलो कप्तानी हुने भएकाे हाे । साेहि खेलमा नेपाली टिमबाट सन्तोष यादव र हेमन्त धामीले अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दैछन् । आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीमा रहेको नेपालले यूएईसँग दुई खेलको टि-२० श्रृंखला खेल्न लागेको हो ।

त्यस्तै, दोस्रो खेल मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएकाे छ।