Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


अछामी समाज काठमाडौंको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन


208
Shares

काठमाडौँ । अछाम घर भई हाल काठमाडौंमा बसोबास गर्नेहरूको साझा संस्था “अछामी समाज काठमाडौं” ले वैशाख ५ गते गोदावरीमा साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष रंग रंग विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा संस्थाका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको थियो ।

साथै, समाजमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नेपाल क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत टमट्टा, प्रशासन सेवामा कार्यरत ध्रुव, स्थायी शिक्षक रुपा टेलर नेपाली र संसद सचिवालयमा कार्यरत अशोक बिक रहेका छन् ।

कार्यक्रमकै क्रममा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । जसअनुसार संयोजकमा चेतमान तिरुवा, उपसंयोजकमा केशर आउजी, सचिवमा मनिष बिक, सहसचिवमा सुरेश बिक, कोषाध्यक्षमा तारा आउजी तथा सदस्यहरूमा पुष्प बिक, अनिल तिरुवा, रमेश निशानी र संगिता दुतराज चयन भएका छन् ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् । यस्ता कार्यक्रमले काठमाडौंमा बसोबास गर्ने अछामी समुदायबीच एकता र सांस्कृतिक पहिचान मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।