Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


धनगढीका सामुदायिक विद्यालयको नतिजामा सुधार (भिडियाे रिपोर्ट)


0
Shares

बिराज रोस्यारा, कैलाली ।

कुनै समय खराब शैक्षिक नतिजाका कारण आलोचना खेपेको धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा उदाहरणीय सुधार देखिएको छ ।

शिक्षकको ई–हाजिरी अनिवार्य, प्रधानाध्यापकहरूलाई तालिम, विद्यालय समायोजनदेखि थप कक्षा सञ्चालन गरिएपछि सुधार संभव भएको हो । दक्ष जनशक्तिको व्यवस्थापन र निरन्तर अनुगमनले पनि शैक्षिक नतिजामा सुधार ल्याउन सहयोग गरेको देखिएकोछ ।

धनगढीका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था असाध्यै कम्जोर थियो । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर भएपछि धनगढी उपमहानगरपालिकाले शैक्षिक अवस्था सुधारका लागि पहल गरेको थियो । छात्रवृत्ति, शैक्षिक सामग्री वितरण र नमुना विद्यालय विकास जस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीमा ऊर्जा थप्यो ।

जसले गर्दा तीन वर्षअघि आधारभूत तहको परीक्षामा १८ विद्यालयले ’शून्य’ नतिजा ल्याएको धनगढीमा, अहिले सामुदायिक विद्यालयको उत्तीर्ण दर ५० प्रतिशत नाघेको छ । पहिलो पटक सञ्चालित नगरस्तरीय कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयको उत्तीर्ण दर मात्र साढे ९ प्रतिशतमा रहेको थियो भने १७ सामुदायिक र एक संस्थागत गरी १८ विद्यालयको नतिजा त शून्य नै थियो । तर, त्यही विन्दुबाट सुरु भयो धनगढीको शैक्षिक रूपान्तरणको यात्रा ।

जसले गर्दा अहिले सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था सुधार गर्न संभव भयो । बाईट घुम्मन सिंह बडायक प्रमुख, शिक्षा महाशाखा सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थामा सुधार आएपछि प्रोत्साहनका लागि नगरपालिकाले सम्मान पनि गरेको छ ।

२०८२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई उपमहानगरपालिकाले सम्मान पनि गरेको छ । १० सामुदायिक र १५ संस्थागत विद्यालयलाई सम्मान गरेपछि विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकहरु पनि खुसी देखिएका छन् ।