Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


विवाहको निम्तो बाँड्न गएका पुरुष मृत फेला


1.4k
Shares

रुकुम पश्चिम ।
रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठविसकोट नगरपालिका –१२, सानीबार्खुस्थित जंगलमा एक पुरुषको शव फेला परेको हो। 

आठबिसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय ३५ वर्षीय प्रकाश घर्ती मगर मृत अवस्थामा फेला परेका हुन् ।

मृतकका परिवारका सदस्यले दिएको जानकारी अनुसार प्रकाश आफन्तको विवाहको निम्तो बाँड्न वैशाख ४ गते घरबाट निस्किएका थिए। प्रकाशका दाईका छोराको भोली विवाह तय भएको थियो । 

तीन दिनसम्म पनि घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेको थियो। खोज तलासका क्रममा आईतबार बिहान घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको बताईएको छ । मृतकका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।