काठमाडौं ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बसिरहेको छ ।
सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बसेको हो । नेता खड्काको निवास गोल्फुटारमा निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बसेको हो ।
सर्वोच्च अदालतले पार्टीको आधिकारितासम्बन्धी दायर रिट खारेज गरेपछि शनिबार बिहानैदेखि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटुभएको थियो । खड्कासँग छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका थिए ।
स्रोतका अनुसार नेता खड्कासँग केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरु बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरूले छलफल गरेका छन् ।
नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्