काठमाडाैं । युक्रनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले शुक्रवार युक्रेन जर्मनीको सहयोगमा रणनीतिक ड्रोन र मानवरहित उत्पादनहरू उत्पादन गर्न तयार रहेको बताउनुभएको छ ।
युक्रेनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले अन्ताल्या डिप्लोमेसी फोरममा यो घोषणा गर्नुभएको हो । युक्रेन अब रणाङ्गणमा जनशक्तिको सट्टा प्रविधिको प्रयोगमा केन्द्रित हुनेछ ।
विशेष गरी जर्मनीसँगको सहकार्यमा रणनीतिक ड्रोनको उत्पादन गर्ने योजना अघि सारिएको छ । उहाँकाअनुसार यसले सैनिकहरूको जीवन बचाउन मद्दत पुर्याउनेछ । युक्रेनले पहिले नै ठूला ड्रोनका प्याकेजहरू बेलायतबाट प्राप्त गर्न थालिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्