काठमाडाैं । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा रहेको जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।
बिहीबार राति भएको आगलागीमा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएकाे हाे । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् । आगलागी जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट परिचालन भएका पाँच वटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो ।
यसैबीच, क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । आगलागीको कारण भने अझै खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्