Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरुबिच छलफल जारी


728
Shares

काठमाडाैं ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।

छलफलमा कृष्णप्रसाद यादव (मधेस), ईन्द्रबहादुर बानियाँ (बागमती), सुरेन्द्रराज पाण्डे (गण्डकी), यामलाल कडेल (कर्णाली) र चेतनारायण आचार्य (लुम्बिनी) का मुख्यमन्त्रीहरू सहभागी थिए।

प्रधानमन्त्री शाहले यसअघि पनि सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गर्दै सम्बन्धित क्षेत्रका समस्या र समाधानका उपायबारे सुझाव लिँदै आएका छन्। यसपटकको बैठकमा पनि प्रदेशस्तरका मुद्दा र समन्वयका विषयमा केन्द्रित छलफल भएको जनाइएको छ।