Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


देशका सबै स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै


481
Shares

काठमाडौं । देशका ७ सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम गरि बुधबारदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम सञ्चालन गरिएकाे हाे । व्यक्तिको कानूनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।

जसका कारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । साेही क्रममा विद्यालय तथा स्थानीय संघ-संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वकाे बारेमा सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको हाे ।

विभागले गत चैतको अन्तिम हप्ता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।