Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ


2.3k
Shares

प्रकाश मैनाली, सर्लाही ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४मा नियमित गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको आठ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ निवासी ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतबाट मोटरसाइकलमा आएका उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा शरीर खानतलासीका क्रममा उक्त रकम बरामद गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।