Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल


169
Shares

काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उहाँले सो माग गर्नुभएको हो । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो घटनामा संलग्नमाथि कारबाही गर्न दवाव दिँदै आफूहरुले नेपाल प्रहरीको साईवर व्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।

सचिव अर्यालले भन्नुभयो,‘जुन खालको साईबर अपराध भईरहेको छ । खास यो दण्डहीनताको स्थिति छ आज साईवर अपराधमा जुन दण्डहीनताको जुन स्थिति छ । यसको अन्त्य कसरी गर्न सकिन्छ ? र यसलाई कसरी दण्डनिय बनाउन सकिन्छ ? पीडितलाई राहत कसरी दिने, पीडकलाई सजाय कसरी गर्ने ? हामीले यिनै विषयमा नेपाल प्रहरीको साईबर व्युरोमा छलफल ग¥यौं । अहिलेको तत्कालको घटनाको निम्ति तथ्य, सत्यमा आधारित भएर छानविन गरेर शिघ्रातिशिघ्र कारबाही गरिदिनुहोस् । कारबाही गर्दाखेरी जुन पीडकहरु छन् । उनीहरु हच्किने स्थिति हुन्छ । अहिलेसम्म कारबाही नहुँदा केही पनि हुँदैन, जे बोलेपनि हुन्छ, जे गरे पनि हुन्छ भनेर जे पनि गर्नेकुरा भयो । त्यसले यसलाई कारबाहीको दायरामा ल्याउनसकियो भने मात्रै नियन्त्रण गर्न सकिन्छ ।’
सचिव अर्यालले साईवर अपराधमा संलग्नहरु कारबाहीको दायरामा ल्याउन सकिने मात्रै त्यस्ता खालको अपराध नियन्त्रण गर्न सकिने भएकाले सरकारले सो काममा विशेष ध्यान दिनुपर्ने पनि बताउनुभयो ।