Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अनुसन्धानपछि शंकर अग्रवाल रिहा


3.7k
Shares

काठमाडाैं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि रिहा गरिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया सकिएपछि उनलाई छाडिएको जनाएको हो।

केही दिनअघि अनुसन्धानकै क्रममा पक्राउ परेका अग्रवाललाई विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले रिहा गरिएको पुष्टि गरेका छन्।

शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिलसहित सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा लगानी रहेको छ। यसअघि सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो।