जितेन्द्र भण्डारी,पाँचथर ।
पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुरासे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा परेर हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ बस्ने २४ वर्षीय आभास माबो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब १४:२० बजेको समयमा दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च.६०२९ नम्बरको अमलिसोको कुच्चो बोकेको पिकअप गाडी तीव्र मोडमा अचानक अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल अर्को मोडको बाटोमा खसेर दुर्घटना भएको हो।
घटनाबारे १४:३० बजे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जोरपोखरीबाट प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र सुबेदीको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले दुर्घटनास्थलबाट चालकसहित तीनै जना घाइतेलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल पाँचथर पठाएको थियो।
यस्तै, सोही गाडीमा सवार २४ वर्षीय सन्दिप उभरकोटी सामान्य अवस्थामा रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप चालक झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ निवासी २५ वर्षीय कृष्ण बहादुर बराइली पनि सामान्य अवस्थामा रहेका छन्।
हाल चालकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्