Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै


299
Shares

काठमाडाैं । इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

साेही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे रंगशालामा हुने भएकाे हाे । मुम्बई र कोलकताले अहिलेसम्म एक-आपसमा ८ वटा आईपीएल उपाधि जितेका छन् । आईपीएलको सर्वाधिक सफल टोलीमध्येको एक मुम्बईले पाँच वटा उपाधि जितेको छ । मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० को आईपीएल उपाधि जितेको हाे । कोलकताले भने २०१२, २०१४ र २०२४ गरि तीन पटक आईपीएल जितेको छ ।

शनिबारदेखि शुरु भएको आईपीएल क्रिकेटको १९ औं संस्करणमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलाेर विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा बेंगलुरुले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे थियाे । बैंगलाेरको मैदान एम चिन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य बैंगलाेरले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलाेरको जितमा विराट कोहलीले अविजित ६९ रनको योगदान दिएका थिए ।