Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

पूर्वगृहमन्त्री लेखकलाई भने अदालतमा उपस्थित गराइयाे

572
Shares

काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अदालत उपस्थित नहुने हुनुभएकाे छ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित नहुने हुनुभएकाे हाे। स्वास्थ्यको ख्याल गर्दै उहाँलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी भएको छ ।

शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपको लागि सरकारी वकिल कार्यालयमा हुँदै अदालतमा उपस्थित गराइएको छ ।