Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


बढ्याे सुनचाँदीकाे मूल्य आज फेरी ह्वात्तै


5.7k
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढेको छ।

गत शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार प्रतितोला चार हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार चार सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।