Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अमेरिकामा ३ हजार बढी ठाउँमा राष्ट्रपति ट्रम्पकाे विरूद्धमा प्रदर्शन


4.6k
Shares

एजेन्सी । अमेरिकाका केही भू-भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पकाे विरूद्धमा प्रदर्शन भएको छ ।

नागरिकहरुले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेकाे बीबीसीले जनाएको हाे । विशेषगरी इरान युद्धका लागि अपनाएको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन भएको हो । देशका तीन हजार भन्दा बढी ठाउँमा भएका ठूला साना प्रदर्शनमा हजारौंको संख्यामा नागरिक सहभागी भएका थिए । यो राष्ट्रब्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो ।

यसअघि पनि यस्तै प्रदर्शन गरिएको थियो । रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका मानिसहरू प्रदर्शनमा सहभागी हुँदै आएका छन् । प्रदर्शनकारीले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन तथा नाचगान एवं संगीतका माध्यमबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।