Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पश्चिम एशियाकाे जारी द्धन्द्धमा यमनका हुथी समूहको पनि प्रवेश


1.6k
Shares

एजेन्सी । पश्चिम एशियामा जारी द्धन्द्धमा यमनको विद्रोही समूह हुथी पनि संलग्न भएको छ ।

हुथी विद्रोही समूहले शनिबार मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको हाे। हुथीका सैन्य प्रवक्ता याह्या सरेले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा धेरै महत्त्वपूर्ण सैन्य स्थलहरूलाई लक्षित गरी क्रुज मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख गरेका बीबीसीले जनाएको छ । आक्रमण इरान र लेबनानका सैन्य गतिविधिसँग मिलेर गरिएको जनाइएकाे छ। जसले आफ्नो उद्देश्य सफलतापूर्वक हासिल गरेको दावी गरिएको हाे ।

इरानसँग निकट मानिने हुथी एक प्रमुख संगठन हो । सन् १९९४ मा यमनमा स्थापना भएको कट्टरपन्थी सिया इस्लामिक संगठन हुथीलाई प्रशिक्षण, हतियार तथा आर्थिक सहयोग उपलब्ध गराएको आरोप इरानमाथि लाग्दै आएको छ । इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको हाे । क्षेत्रीय तनाव चर्किँदै जाँदा पश्चिम एशियामाकाे सुरक्षा अवस्था जटिल बन्दै गएको छ ।