Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कक्षा ५ सम्मका विद्यार्थीकाे लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने सरकारकाे तयारी


1.1k
Shares

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारका १ सय कार्यसूचीको बुँदा नम्बर ८९ मा यो व्यवस्था उल्लेख गरेकाे हाे । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १ सय वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो। आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने कार्ययोजनामा उल्लेख छ ।

विद्यार्थीहरूमा मनोवैज्ञानिक असर र अनावश्यक दबाब नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हाे । जसको सट्टा विद्यार्थीको सिकाइ मूल्यांकनका लागि दबाबरहित र मनोवैज्ञानिक रूपमा उपयुक्त हुने वैकल्पिक प्रणाली तयार गरिने सरकारको योजना रहेकाे छ।