Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अविरल वर्षाका कारण अवरूद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा


299
Shares

काठमाडाैं । अविरल वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा आएका छन् ।

शुक्रबार र शनिबारको वर्षाले अवरुद्ध वीपी राजमार्गको पहिरो तथा लेदो पन्छाएसँगै शनिबाररातिदेखि खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हाे । राजमार्गको भकुण्डे-नेपालथोक सडकखण्ड अन्तर्गत रोशी गाउँपालिकाका विभिन्न ठाउँमा लेदोसहितको बाढी-पहिरोका कारण गाडी चल्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक दुईतर्फी सञ्चालनमा आए पनि मौसमलाई ख्याल गरी यात्रा गर्न अनुरोध गरेको छ । यसअघि कार्यालयले २ दिन गाडीलाई रोकेको थियो ।

त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भैराङडाँडामा पहिरोले अवरुद्ध कान्ति लोकपथ पनि आइतबार बिहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै खुलेको हाे । अहिले दुईतर्फी नै खुलाउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।