Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं : एमाले उपाध्यक्ष रघुजी पन्त


598
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुग्नुभएका उपाध्यष पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताउनुभएको हो । अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको उहँँको भनाइ छ ।

पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानूनी रुपमा कडा प्रतिवाद गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या त अब गम्भीर नै भयो तर जुन दफाहरु लगाइएको छ, त्यो दफाहरु चाहीँ लगाउने आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र यो कानूनी रुपमै कत्तिको प्रतिवाद गर्न सकिन्छ, कानूनी रुपमा पनि प्रतिवाद गर्छौं । र त्यसपछि अब अरु के गर्ने भन्ने कुरो अहिले हामी सचिवालयको बैठकमा छलफल गरेपछि थप पाइलाहरु के हुनेछन् भन्ने कुरा अब अहिले रणनीति बन्छ अब त्यसको बारेमा ।’

पार्टीको आगामी कदमका बारेमा जानकारी दिँदै उहाँले सचिवालय बैठकपछि थप रणनीति बन्ने बताउनु भयो । उहाँकाअनुसार सचिवालयको बैठकमा छलफल गरेपछि थप रणनीति तय गरिनेछ ।