Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रधानमन्त्री शाह पूजा अर्चनासहित बालुवाटारमा प्रवेश


0
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गर्नुभएकाे छ।

प्रधानमन्त्री शाहले सरकारी निवास प्रवेशका क्रममा हिन्दु धर्म अनुसार बालुवाटार परिसरमा पूजाअर्चना गर्नुभएकाे हाे। यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले पद तथा गाेपनीयताकाे शथप ग्रहण लिदा पनि स्वस्ति वाचनसहितका कार्यक्रम राखिएको थियो ।

शाहलाई राष्ट्रपति रामचन्द्र पाैडेलले शुक्रबार बिहान प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे थियाे । प्रधानमन्त्री शाहप्रति आम जनताले ठूलाे अपेक्षा राखेका छन् । साेही अपेक्षा कसरी पूरा गर्नुहाेला प्रधानमन्त्री शाहले त्याे भने हेन्न बाँकी नै छ ।