काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको मिसन र भिजन अनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार पुगेर पदभार ग्रहण गर्दैं उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिनुभएको छ । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो ।
मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने समय आएको पनि बताउनुभएको छ।








प्रतिक्रिया दिनुहोस्