Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


यातायात कार्यालय धनगढीद्वारा ४८ करोड १९ लाख रूपैयाँ राजस्व संकलन


130
Shares

काठमाडाैं । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख भुवन जोशीले विभिन्न शीर्षकबाट सोही राजस्व संकलन गरेको जानकारी दिनुभएकाे हाे। उहाँले सबै भन्दा बढी सवारी साधनको करबाट ३७ करोड ८३ लाख र सबै भन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ लाख रुपैयाँ राजस्व संकलन भएको बताउनुभएकाे छ। त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट ९ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयले जनाएकाे छ।