Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नयाँ प्रधानमन्त्रीको शपथ १३ गते


2.5k
Shares

काठमाडौँ । नयाँ प्रधानमन्त्रीको शपथ १३ गते हुने भएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी भएकाे छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो। पार्टीले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

राजधानीस्थित रोयल सिंगी होटलमा बसेको बैठकले सांसदको शपथपछि नै सरकार गठन गरी प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरेको हो। रास्वपा उपसभापति स्वर्णिम वाग्ले का अनुसार चैत १३ गते शपथ कार्यक्रम तय भएको छ।

संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम तय गरेको छ।