Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक भाेलि बस्दै

बैठकमा सभापति थापाकाे राजीनामा अस्वीकृत प्रस्ताव पेश गरिने

910
Shares

काठमाडाैं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बस्ने बैठकमा सभापति थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने भएको हाे । सभापति थापाले गत फागुन २१ गते भएको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाउनुभएकाे थियाे। शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको थापा सहभागी नहुने एक नेताले बताएका छन् । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नुहुने भएकाे छ । सोही बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सोही राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने तयारी गरेको स्रोतले जनाएकाे हाे ।

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन हुनुभएकाे थियाे। थापा निर्वाचनमा सर्लाही-४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग भारी मतले पराजित हुनुभएकाे थियाे। विशेष महाधिवेशनबाट चुनिएका र चुनाव लडेका सबै पदाधिकारी निर्वाचनमा पराजित भएपछि सभापति थापामाथि नैतिक प्रश्न उठेको थियो ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय–पराजय दुवैको कारणसहित रिपोर्ट पेश गर्न भनेको थियो । प्राप्त भएका रिपोर्टको साझा निष्कर्ष समेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । त्यसपछि बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी गरिएको कांग्रेसका एक पदाधिकारीले बताएका हुन् ।

सुभापति थापाले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरुले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाउनुभएकाे छ ।