Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


निर्वाचन आयाेगले समानुपातिक सांसदलाई भोलि प्रमाण पत्र दिने


299
Shares

काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई विहिबार प्रमाण पत्र दिने भएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

उक्त कार्यक्रम आयोगको प्राङ्गण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।