Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


पेट्रोलियम मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग


338
Shares

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि महासंघले विज्ञप्ति जारी गर्दै भाडा समायोजन गर्न आग्रह गरेको हो।

महासंघका अनुसार सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात व्यवसायमा सिधा असर पर्ने गर्दछ।

साथै पेट्रोलियम आपूर्ति व्यवस्थापन, आन्तरिक चुहावट नियन्त्रण र सहज आपूर्ति सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ।