Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


एन्फा राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै


0
Shares

काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा साेमबार पनि तीन खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका हुन् । दुवै टोलीले १० खेलमा समान ८ अंक जोडेका छन् । सातदोबाटो पुछारबाट तेस्रो र पुलिस चौथो स्थानमा छ । साेमबारको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र लालिगुराँस एसोसिएसन भिड्ने भएका हुन् । यो खेल जितेको खण्डमा प्लानिङले शीर्ष स्थानका मच्छिन्द्र र एपिएफसँग अंक बराबरी गर्नेछ ।

अहिले ११ खेलमा प्लानिङले २२ अंक जोडेको छ । समान खेलमा लालिगुराँसको २१ अंक रहेकाे हाे । तेस्रो खेल मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने भएकाे छ । आर्मीलाई हराए मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिनेछ । मछिन्द्रको अहिले १० खेलमा २५ अंक रहेकाे हाे । एक खेल बढी खेलेको एपिएफको पनि समान अंक छ ।