Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी नीतिले युक्रेन दबाबमा

युरोपेली सहयोगीले नै आफ्नो देशलाई ब्ल्याकमेल गर्न खोजेको राष्ट्रपति जेलेन्स्कीको आरोप

1.2k
Shares

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरुले रुसी तेल ढुवानीका लागि आफ्नो देशलाई “ब्ल्याकमेल’’ गर्न खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले रुसविरुद्धको युद्धमा साथ दिएका कतिपय युरोपेली देशहरुले अहिले हंगेरी र स्लोभाकियामा रूसी तेल ढुवानी गर्ने पाइपलाइन पुनः खोल्न कीभमाथि दबाब बढाईरहेको आरोप लगाउनुभएकाे हाे । उहाँले युक्रेन हुँदै रुसी कच्चा तेलको बहावलाई युरोपेली संघ (ईयू) मा पुर्‍याउनु भनेको मस्कोमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउनु जस्तै हुने समेत बताउनुभयो । युक्रेनले सोभियत युगको ड्रुज्बा तेल पाइपलाइन जनवरीमा रुसी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको र मर्मत गर्न बाँकी रहेको बताइरहेको छ ।

इयुले राष्ट्रपति जेलेन्स्कीलाई पाइपलाइन छिटो मर्मत गर्न आग्रह गर्दै षतीको अवलोकनका लागि आफ्ना पर्यवेक्षकहरुलाई अनुमति दिन आग्रह गरिरहेकाे छ। अमेरिकाले इरानसँगको युद्धबाट उत्पन्न ऊर्जा आपूर्ति संकटलाई कम गर्न रूसी तेलमाथिको प्रतिबन्धहरू खुकुलो पारेपछि युक्रेनमाथि दबाब बढेको हाे।