काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन शुरु गरिएकाे छ।
यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीकाे बारेमा ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि छानबिन थालेको छ । छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको हाे । छानबिन अवधिभर डीएसपी यादवलाई जिल्लाबाट प्रदेशमा झिकाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
रुकुम पूर्वमा अहिले डीएसपी केशव ज्ञवालीलाई खटाइएको छ । ज्ञवाली लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुनुन्थ्याे । निर्वाचन प्रहरीमा भर्ना गर्न उनले बाराबाट ३ जनालाई रुकुमपूर्व बोलाएका थिए । उनीहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि नखटाएको भन्दै निर्वाचन प्रहरीहरूले विरोध गरेपछि घटना बाहिरिएको थियो । आफ्नो नाता पर्नेहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि परिचालन नगरेर सेवा–सुविधा दिएको यादवमाथि आरोप लागेकाे छ ।








प्रतिक्रिया दिनुहोस्