Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


जतिसुकै समय लागे पनि अमेरिका र इजरायली आक्रमणविरूद्ध लड्ने इरान चेतावनी


1.2k
Shares

इरानको विदेश मन्त्रालयका प्रवक्ता  इस्माइल बगाईले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताउनुभएको छ ।

गत फेब्रुअरी २८ तारिखमा, इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रुपमा तेहरान र अन्य अधिकांश इरानी शहरहरूमा आक्रमण शुरु गरेका थए । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणको लहर शुरु गरेको थियो ।

इरानको आणविक कार्यक्रमलाई सन्दर्भ गर्दै प्रवक्ता बघाईले अमेरिका र इजरायली पक्षहरूलाई देशको आणविक गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण छन् भन्ने राम्ररी थाहा रहेको बताउनुभएकाे छ । उहाँले इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति कुनै दुश्मनी नराख्ने स्पष्ट पार्नुभयो ।