Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै


1.7k
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।

बैठक आगामी आइतबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल र निर्णय गरिने जनाइएको छ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ।