Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


रास्वपाको सचिवालय बैठक बस्दै


2k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भए पनि समय र स्थान भने अझै तय गरिएको छैन।

सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने छ।

त्यसैगरी वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।