Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कपिलवस्तु -३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी


403
Shares

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ को मतगणना सम्पन्न भएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन परिणाम अनुसार शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरियाले १८ हजार ८९० मत पाएका छन्।

त्यस्तै नेकपा एमालेका विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन् भने नेकपाका एहसान अहमद खाँले ४ हजार २५० मत ल्याएका छन्। शाहले रजौरियालाई ४ हजार ६४५ मतान्तरले पराजित गर्दै क्षेत्र नं. ३ मा स्पष्ट विजय हासिल गरेका छन्। कांग्रेसले लुम्बिनी प्रदेशमै पहिलो पटक खाता खोल्न सफल भएको छ । कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाह झन्डै ५ हजार मतान्तरले विजयी भएका छन् ! शाहले अहिले सम्म चौथो पटक संसदीय यात्रा तय गर्न सफल भएका हुन् ।