काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
निर्वाचनका क्रममा विभिन्न स्थानमा आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैबीच देशका विभिन्न १५ स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जनाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सुरक्षा निकायले कडा निगरानी गरिरहेको बताइएको छ।







प्रतिक्रिया दिनुहोस्