Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपतिको सन्तोष व्यक्त


221
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षप्रति धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी भई निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति आभार प्रकट गरेका छन् ।