पोखरा । कास्कीमा मतदाता बोकेको गाडी दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । कास्की जिल्ला अन्नपुर्ण गा पा ५ झोवाङ स्थित झोवाङ कच्चि सडकमा जिप दुर्घटना हुन पुगेको हो ।
लोइरा बाट मतदातालाई मतदान केन्द्र सितला मावी लैजाने क्रममा दुर्घटना भएको हो । सिट मिलाउनका बीच बाटोमा गाडी रोक्दा ओरालोमा गाडी आँफै गुड्दा दुर्घटना भएको हो । ग१ज ६६४३ नम्बरको जिप दुर्घटना हुदा ५ जना घाइते भएका हुन् ।







प्रतिक्रिया दिनुहोस्