Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


बिस्कुट किन्न मामा घरबाट निस्किएकी १० वर्षीय बालिकाको बलात्कारपछि हत्या


0
Shares

काठमाडौं, असोज १० । पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् ।

बिस्कुट किन्न पसलमा हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् । निधारभरी चोटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चे वस्तुको प्रहारले क्षतविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीन ढुंगा ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ । –कान्तिपुर दैनिकबाट