Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


बर्दियामा दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खस्यो


143
Shares

बर्दिया । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बर्दिया जिल्लामा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।

आज दिउँसो २ बजेसम्म जिल्लाभर करिब ४० प्रतिशत मत खसेको जानकारी दिइएको छ। प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। मतदान बिहानैदेखि सुरु भई शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो।

जिल्लामा कुल ३ लाख २६ हजार २ सय ६६ जना मतदाता रहेका छन्। मतदान केन्द्रहरूमा आवश्यक सुरक्षासहित कर्मचारीहरू परिचालन गरिएका छन्।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको छ। साथै मतदान केन्द्रमा कुनै पनि अप्रिय घटना नहोस भनेर प्रशासनले निगरानी बढाएको जनाएको छ।