कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तु जिल्लामा दिउँसो १ बजेसम्म ३३ प्रतिशत मतदान भएको छ।
निर्वाचन विवरणअनुसार हालसम्म कुल १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन्। जसमध्ये ६९ हजार ३४२ महिला र ६१ हजार ४६३ पुरुष मतदाता रहेका छन्।
जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता क्रमशः बढ्दै गएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।







प्रतिक्रिया दिनुहोस्